काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म रू. १ करोड १५ लाख नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमाससम्म रू. १ करोड ३९ लाख नोक्सानीमा रहेको कम्पनीले चालू आवमा विद्युत् विक्री गर्न थालेसँगै नाफा कमाएको छ ।
चालू आवमा कम्पनीले विद्युत् विक्रीबापत रू. ८ करोड २७ लाख आम्दानी गरेको छ । चुक्तापूँजी रू. १ अर्ब ५० करोड रहेको कम्पनीको रिटेन्ड अर्निङ रू. १७ करोड ४६ लाख ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको वित्तीय खर्च रू. ६ करोड १६ लाख रहेको छ ।
चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ७७ र प्रतिशेयर नेटवर्थ रू. ८८ दशमलव ३६ रहेको छ ।