काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिसक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा उल्लेख्य वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १७ लाख ६१ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू.३ करोड ३१ लाख पुगेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।
गत आवमा कम्पनीको सञ्चालन नाफा रू.७७ लाख ७४ हजार रहेकोमा चालू आवमा बढेर रू.५ करोड ८८ लाख पुगेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवमा रू.१८ करोड ६१ लाख रहेकोमा चालू आवमा बढेर रू.२८ करोड ६७ लाख पुगेको छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ७३ पैसा रहेकोमा चालू आवमा बढेर ५ रुपैयाँ ९४ पैसा पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ७४ करोड ५० लाख रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. २९ करोड ८१ लाख र रिटेन्ड अर्निङमा रू.५ करोड १२ लाख सञ्चिती गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू.१४६ दशमलव ९१ रहेको छ ।