काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा वैशाख महीनामा पाँच कम्पनीको कुल ३ करोड २२ लाख ६६ हजार ९६९ दशमलव ८६ कित्ता शेयर सूचीकृत भएको छ ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी, ग्लोबल आइएमई बैंक, सिगंटी हाइड्रो इनर्जी, हिमालयन रिइन्स्योरेन्स र रिडी पावर कम्पनीको उक्त कित्ता शेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार रिडी पावरको ७७ लाख ४५ हजार ५०६ कित्ता र सिंगटी हाइड्रोको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २४ लाख ४५ हजार ३५७ दशमलव ९ कित्ता, ग्लोबल आइएमई बैंकको ३५ लाख ७७ हजार १०५ दशमलव ९६ कित्ता र हिमालयन रिइन्स्योरेन्सको ४० लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।