काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार (आज) नेप्से परिसूचक २१ सय विन्दुमा पुगेको छ ।
सोमवार यो समाचार तयार पार्दासम्म दिउँसो १:२६ बजे नेप्से परिसूचक २ प्रतिशत बढेर २ हजार १०५ दशमलव ८८ विन्दुमा पुगेको हो । यससँगै नेप्से परिसूचक २ महीनापछि २१ सय विन्दुमाथि पुगेको हो । यसभन्दा अगाडि नेप्से परिसूचक मार्च १३ मा २ हजार १०८ विन्दुमा थियो । सोमवार दिउँसो १:२६ बजेसम्म धितोपत्र दोस्रो बजारमा रू. ३ अर्ब ६३ करोडभन्दा बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएका सबै समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ, जसमध्येमा बैंकिङ समूहमा सबैभन्दा बढी छ । गत शुक्रवार नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षा गरेको थियो । सो समीक्षामार्फत बैंकलाई शेयर विक्रीमा खुकुलो नीति लिइएको थियो ।
विशेषगरी समीक्षाले बैंकलाई आफूले लगानी गरेको धितोपत्र एक वर्ष पुगेपछि २० प्रतिशतसम्म विक्री गर्न दिने नीति लिएसँगै बजारमा सकारात्मकता आएको हो ।