काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष वितरण गर्ने प्रस्ताव गरेको लाभांश बुधवार (आज)सम्म कायम शेयरधनीहरूले मात्र पाउने भएका छन् ।
कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले फागुन ११ गते वार्षिक साधारण सभा गर्दैछ । उक्त सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।
बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।