काठमाडौं । नेप्से परिसूचक लगातार दोस्रो दिन घटेको छ । गत मंगलवार १४.०८ अंकले घटेको नेप्से बुधवार (आज) ४.४५ अंकले घटेको हो । यससँगै नेप्से परिसूचक २ हजार ७११.४५ अंकमा झरेको छ ।
नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । गत मंगलवार ८ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएकोमा आज ८ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको घएको छ ।
आज दुई कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य उक्त दरमा वृद्धि भएको हो । यस्तै, सेन्ट्रल फाइनान्स लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन दुई कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य उक्त दरमा घटेको हो ।
आज ५ समूहगत सूचक बढेका छन् भने ८ ओटा घटेका छन् । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ५.६७ प्रतिशत बढेको छ भने व्यापारिक समूहको सूचक सबैभन्दा बढी १.४२ प्रतिशत घटेको छ ।