काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ६५ हजार ६२८ कित्ता संस्थापक शेयर माघ २३ गतेदेखि विक्रीमा ल्याएको छ ।
माघ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूका लागि विक्री गर्ने निर्णय गरेको हो ।
यी शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रीय कार्यालय टाँडी, चितवनमा पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद आवेदन प्राप्त नभएमा दोस्रो चरणमा यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढाइनेछ ।