काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख ५९ हजार ७२३ कित्ता संस्थापक शेयर माघ २३ गतेदेखि विक्रीमा ल्याएको छ ।
कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण नभएपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि यी शेयर विक्री खुला गरेको हो ।
प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरूले आगामी ७ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।