काठमाडौं । नयाँ सारथि लघुवित्त र विजय लघुवित्तको मर्जरपछि कायम विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा वसन्त राज लम्साल नियुक्त भएका छन् ।
सोमवार बसेको सञ्चालक समिति बैठकले कम्पनीको सीईओमा लम्साललाई आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
सोही बैठकले कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवमा सरोज घिमिरे नियुक्त गर्ने निर्णय गरेको छ ।
विजय लघुवित्त र नयाँ सारथि लघुवित्तले गत असार ३१ गतेदेखि एकीकृत कारोबार शुरु गरिसकेका छन् ।