logo
विकासोन्मुख देशहरूको खोप सहयोग कटौती गर्दै अमेरिका
विकासोन्मुख देशहरूको खोप सहयोग कटौती गर्दै अमेरिका
A
१४ चैत्र २०८१

लस एन्जलस । अमेरिकाले विकासशील देशहरूमा खोप पहुँच बढाउने लक्ष्यका साथ स्थापित अन्तरराष्ट्रिय स्वास्थ्य सङ्गठन ‘गाभी’का लागि कोष कटौती गर्ने योजना बनाएको द न्यूयोर्क टाइम्सले जनाएको छ । 

यो योजनाले संयुक्त राज्य अमेरिकालाई विकासशील विश्व समुदाय समक्ष सहयोग गरी लाखौँ मानिसहरूलाई सङ्क्रामक रोगविरुद्धको लडाइँको नेतृत्व गर्न आधा शताब्दी लामो प्रयासबाट पछि हटाउनेछ । 

 अमेरिकाले ७८ देशहरूमा १.१ अर्बभन्दा बढी बच्चाहरूलाई खोप लगाउन मद्दत गरेको छ । यसले भविष्यमा हुने एक करोड ८० लाखभन्दा बढी मृत्युलाई रोकेको छ । रासस/सिन्ह्वा 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.