काठमाडौं। दन्त स्वास्थ्य समग्र स्वास्थ्यको महत्त्वपूर्ण हिस्सा मान्दै प्रसिद्ध ओरल केयर ब्रान्ड पेप्सोडेन्ट नेपालले ‘विश्व मौखिक स्वास्थ्य दिवस २०२५’ लाई विभिन्न प्रभावकारी कार्यक्रम तथा डिजिटल अभियानसहित मनाएको बताएको छ ।
पेप्सोडेन्टले डेन्टल स्टुडेन्ट्स सोसाइटी नेपाल (डिएसएसएन)सँगको सहकार्यमा गुह्येश्वरी माध्यमिक विद्यालय सिनामंगल, बिआईए इन्स्टिच्युट जोरपाटी र चितवन मेडिकल कलेज चितवनमा मुखको स्वास्थ्यको लागि सचेतना कार्यक्रम र नि:शुल्क दन्त शिविर सञ्चालन गरेको छ । सो अवसरमा पेप्सोडेन्टले डिएसएसएन र नेपाल डेन्टल एसोसिएसनसँगको सहकार्यमा वसन्तपुरबाट नक्सालसम्म २५० दन्त चिकित्सक र विद्यार्थीको सहभागिता रहेको ‘रन फर ओरल हेल्थ म्याराथन’ आयोजना गरेको छ । यस कार्यक्रमको लक्ष्य पोषण र मुखको स्वास्थ्यको सम्बन्धलाई उजागर गर्नु रहेको बताइएको छ । साथै यो सहकार्यले ‘स्माइल गार्जियन प्रोजेक्ट’मा योगदान गर्ने र यसअन्तर्गत नेपालका १५ अनाथ आश्रममा रहेका १ हजार ५०० अनाथ र विपन्न बालबालिकालाई दन्त उपचार प्रदान गरिने भएको छ ।
सो अवसरमा कम्पनीले डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन अफ नेपाल (डिएसएचएएन)सँग १ हजार ८०० भन्दा बढी ट्राफिक प्रहरीलाई नि:शुल्क दन्त जाँच प्रदान गरी दन्त स्वास्थ्य किट वितरण गरेको थियो । साथै विश्व मुख स्वास्थ्य दिवसको दिन पोखरामा ‘तेस्रो अन्तरराष्ट्रिय ओरल हेल्थ समिट २०२५’ आयोजना गरेको छ । नेपालका दुर्गम क्षेत्रमा रहेका मुशहर, राउटे, चेपाङ जस्ता विपन्न आदिवासी समुदायलाई नि:शुल्क दन्त परिक्षणका साथ दन्त स्वास्थ्य किट पनि वितरण गरेको बताइएको छ ।