काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म २ करोड २९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी कम गरेको हो ।
यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेकाले खुद नोक्सानी कम भएको देखिन्छ । गत वर्ष ७ करोड ७९ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ७ करोड ९७ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।
वित्तीय खर्च पनि यस वर्ष घटेको छ । गत वर्ष ५ करोड ७७ लाख रुपैयाँभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष ४ करोड ७६ लाख रुपैयाँभन्दा बढी मात्र भएको हो ।
हाल यस कम्पनीको चुक्तापूँजी ३४ करोड रुपैयाँ छ भने जगेडा कोष रकम २ करोड ७० लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
गत वर्ष यस अवधिसम्म ९४ करोड ५२ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी रहेको कम्पनीको यस वर्ष उक्त रकम ८७ करोड ४४ लाख रुपैयाँमा झरेको छ ।
खुद नोक्सानीमै रहेको यो कम्पनीको दोस्रो त्रैमाससम्म प्रतिशेयर नोक्सानी ३ रुपैयाँ ८ पैसा छ भने प्रतिशेयर नेटवर्थ भने ९२ रुपैयाँ ४ पैसा छ ।