काठमाडौं । कुखुराका चल्ला, अण्डा, कुखुराको आहारा र मल वितरण व्यापारमा छोटो समयमै उचाइ हासिल गरेको खिलुङ कालिका मार्केटिङ प्रालिले अब नयाँ क्षेत्रमा व्यापार विविधीकरण गर्ने योजना अगाडि सारेको छ ।
कम्पनीले अब बेकरी, पशुपक्षीको दाना र अन्य कृषि सामग्रीको क्षेत्रमा व्यापार विविधीकरण गर्न लागेको एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
कम्पनीका अनुसार २०७५ माघ १० गते थापना भएको यो कम्पनी ६ वर्षमै आफनो व्यवसाय रफतारमा वितार गरी देशभर १७ डिपोबाट पोल्ट्रीजन्य सामग्री विक्री वितरण गर्दै आएको छ ।
कम्पनीको प्रेस विज्ञप्तिअनुसार जनकपुर एग्रो फार्म लिमिटेड र खिलुङ कालिका एग्रो फार्मले उत्पादन गरेका वस्तुहरू १७ ओटा डिपोबाट विक्री वितरण गर्दै आएको छ ।
कम्पनीका कार्यकारी निर्देशक ध्रुव शर्माले १० ओटा डिपो थप्ने योजना रहेको जानकारी दिए । कम्पनीले पाँचौं वार्षिक साधारणसभा र छैटौं वार्षिकोत्सव हालै मनाएको छ ।