काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६८ दशमलव ४८ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. १४ करोड ६२ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. ४ करोड ६० लाखमा झरेको छ । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो ।
गत आवमा कम्पनीको सञ्चालन नाफा रू. २० करोड ८८ लाख रहेकोमा चालू आवमा घटेर रू.६ करोड ५८ लाखमा सिमित भएको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवमा रू. २७ करोड ७२ लाख रहेकोमा चालू आवमा घटेर रू. १९ करोड ४६ लाखमा सिमित भएको छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ७६ रुपैयाँ ४५ पैसा रहेकोमा चालू आवमा घटेर २४ रुपैयाँ ९ पैसामा झरेको हो । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा ८ दशलमव ५५ प्रतिशत रहेकोमा चालू आवमा बढेर १२ दशमलव ५८ प्रतिशत पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. २५ करोड ५० लाख रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. २३ करोड २७ लाख र रिटेन्ड अर्निङमा रू. ५१ करोड ९५ लाख सञ्चिती गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू.३९५ दशमलव ०१ छ ।