काठमाडौं । दार्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८३ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ४ लाख ८८ हजार नाफा कमाएकोमा चालू आवमा रू. ७९ हजारमा सीमित भएको छ ।
चालू आवमा कम्पनीको आम्दानी घटेको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी ८२ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. १० लाख ४८ हजार आम्दानी गरेकोमा चालू आवमा रू. १ लाख ८३ हजारमा सीमित भएको छ ।
चुक्तापूँजी रू. १ अर्ब ५ करोडभन्दा बढी रहेको कम्पनीले चालू आवमा जगेडामा रू. १ करोड ८५ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव शून्य ३ (वार्षिकीकरण), तरलता अनुपात शून्य दशमलव ३७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०१ दशमलव ७६ रहेको छ ।