काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १५ को डल्लु क्षेत्र र वडा नम्बर १९ स्थित कंकेश्वरी मन्दिर जोड्ने गरी विष्णुमती खोलामा स्टिलको पुल निर्माण थालिएको छ ।
खोलामा रहेको झोलुंगे पुल भत्किएपछि महानगरपालिकाको वडा नम्बर १५ को कार्यालयले उक्त खोलामा स्टिलको पुल बनाउन लागेको हो ।
वडा नम्बर १९ का वडासदस्य चन्द्रमान डंगोलले अहिले पुल निर्माणको काम भइरहेको बताए । उनले उक्त पुल निर्माण छिट्टै सम्पन्न हुने जानकारी दिए ।
यसअघि झोलुंगे पुल भत्किएपछि नदी वारपार गर्न पाइप बिछ्याइएको थियो । तर, उक्त पाइप बाढीले बगाएको थियो ।
हेर्नुस् तस्वीरहरू
रू