काठमाडौं । विद्युत नियमन आयोगले युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको छ । माघ २२ गते आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ छ । विद्युत नियमन आयोगबाट स्वीकृति पाएसँगै कम्पनीले आगामी साधारण सभाबाट हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ । यस कम्पनीले ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।