काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतवार (आज) हिमालयन रिइन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ४० लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
कम्पनीले गत फागुन २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।