काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले नबौं वार्षिक साधारण सभा चैत २३ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय हेरिटेज प्लाजा २ कमलादीमा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जानकारी दिएको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै प्रस्तावित ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश वितरणलाई अन्तिम स्वीकृती प्रदान गर्नेछ । त्यस्तै सभाले जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।