काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । मङ्सिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्नो उद्देश्यबमोजिम जलविद्युत आयोजनामा लगानी गर्न हाल कायम चुक्ता पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
प्रस्तावित हकप्रद शेयर नियमनकारी निकायबाट स्वीकृत गराई आगामी साधारण सभाबाट पारित गराउने कम्पनीले जानकारी दिएको छ । साधारण सभाबाट पारित गरेपछि नेपाल धितोपत्र बोर्डको स्वीकृतिका लागि पेस हुनेछ ।
कम्पनीले यस वर्षका हालसम्म लाभांश प्रस्ताव गरेको छैन । गत वर्ष कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ छ ।
शतप्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड १० लाख रुपैयाँ कायम हुनेछ ।