काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आइतवार अनमोल ब्याङकेट शंखमुलमा सम्पन्न भएको हो ।
सभाले १० दशमलव २६१२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै सभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको हो ।
सभाले चालू आव २०८०÷८१ को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले समूह क का संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालकहरुमा अजाद श्रेष्ठ, प्रणव कुमार दास (प्रतिनिधी सिजि फुड्स नेपाल) बलराम खनाल (चौधरी ग्रप) तथा समूह “ख” का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालकहरुमा पानु दत्त पौडेल र शम्भु अधिकारीको निर्वाचन गरेको छ ।