काठमाडौं । यूनिभर्सल पावर कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उल्लेख्य वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ करोड ७३ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. ८ करोड १४ लाख पुगेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी ३४४ प्रतिशत वृद्धि भएको छ ।गत आवमा कम्पनीले रू. ४ करोड ६३ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २० करोड ५९ लाख पुगेको हो ।
त्यस्तै कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब १० करोड रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २६ करोड ११ लाख सञ्चिती गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ७६(वार्षिकीकरण),मूल्य आम्दानी अनुपात ३३ दशमलव ६७ गुणा र प्रतिशेयर नेटवर्थ रू. ११२ दशमलव ४३ रहेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.