काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न अनुरोध गरेको छ ।
कम्पनीले गत माघ २६ गते सम्पन्न पाचौ वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ९७ प्रतिशत बोनस शेयरमा लाग्ने कर शेयरधनीलाई बुझाउन अनुरोध गरेको हो । उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत भइसकेको छ ।
साथै माघ १५ गतेसम्म कायम शेयरधनीहले सो बोनस शेयर पाउने तथा बोनस शेयरमा लाग्ने कर शेयरधनीहरू स्वयंले नै तिनुपर्ने भएकाले करबापतको रकम कम्पनीको नाममा रहेको प्रभु बैंकको खाता नम्बर ०८९००८९९५४१००१२१ वालिङ शाखामा जम्मा गर्नुपर्नेछ । साथै जम्मा गरेको भौचर कम्पनीको इमेल bonustax@unionlife.com.np मा पठाउनुपर्नेछ । शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।