१० दशमलव ८२ अङ्कले घट्यो नेप्से
व्यापार रकम २० प्रतिशतले कम
चैत ७, काठमाडौं (अस) । गत साता शेयर बजार परिसूचक नेप्से १० दशमलव ८२ अङ्कले घटेको छ । गत साताको पाँच व्यापार दिनमा पहिलो दुई दिन उच्च अङ्कले घटेको नेप्से परिसूचक पछिल्लो तीन दिन भने बढेको थियो ।
बजारमा नक्कली शेयरको व्यापार भएको समाचार आएपछि अघिल्लो साता देखि नेप्से प्रभावित बनेको थियो । नक्कली शेयरको त्रासले लगानीकर्ताको विश्वास गुमेपछि परिसूचक घट्न पुगेको हो । निरन्तर रुपमा परिसूचक घटेपछि गत साताको अन्तिम तिर भने केही लगानीकर्ताले विक्री चाप बढाउन थालेपछि परिसूचक बढ्न थालेको हो । अघिल्लो साताको अन्तिम दिन ९ सय ७८ दशमलव ४४ विन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम दिन ९ सय ६७ दशमलव ६२ विन्दुमा पुगेको छ । दैनिक औसतमा भने परिसूचक २ दशमलव १६ अङ्कले घटेको छ ।
गत साता ७ हजार १ सय १० व्यापारबाट २१ लाख ७३ हजार १ सय ९८ कित्ता शेयर खरीद विक्री भयो । जसबाट रू.८५ करोड २३ लाख रकम परिचालन भयो । यो रकम अघिल्लो साताको तुलनामा २० प्रतिशतले कम हो ।
गत साता व्यापारमा आएका समूहमध्ये अधिकांश परिसूचक घटेको छ । जसमध्ये बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५८ दशमलव १५ अङ्कले घटेको छ । त्यस्तै, विकास बैङ्क समूहको परिसूचक १३ दशमलव ९६ अङ्कले घटेको छ भने ‘अन्य’ समूहको परिसूचक १२ दशमलव ९२ अङ्कले घटेको छ । बैङ्किङ तथा वित्त कम्पनी समूहको परिसूचक क्रमश ९ दशमलव ७४ तथा २ दशमलव ५४ अङ्कले घटेको छ । होटल समूहको परिसूचक भने बढेको छ ।