काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल फाईनान्स लिमिटेडले २ करोड ५६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले ४७ दशमलव १३ प्रतिशत कम खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले ४ करोड ८५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
सञ्चालन नाफा पनि अघिल्लो वर्षभन्दा गत वर्ष ५१ दशमलव २९ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष ५ करोड २१ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष २ करोड ५४ लाख रुपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ७२ करोड ७५ लाख ४८ हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ र वितरणयोग्य नाफा २१ करोड ३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम ४२ करोड ८७ लाख रुपैयाँभन्दा बढी कायम छ ।
अघिल्लो वर्षको तुलनामा कम्पनीको निक्षेप संकलन १२ प्रतिशतभन्दा बढी अर्थात् १ अर्ब ६५ करोड ३२ लाख छ भने ३२ प्रतिशतभन्दा बढी अर्थात् १ अर्ब २९ करोड ५१ लाख रुपैयाँ छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष १४ दशमलव शून्य ७ प्रतिशत रहेकोमा गत वर्ष १२ दशमलव १६ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४ पैसा छ ।