काठमाडौं। डिजिटल बंैकिङलाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा आकर्षक योजना सार्वजनिक गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्मका लागि विभिन्न सेवा सुविधामा छूट, क्यासब्याक लगायतका योजना सार्वजनिक गरेको हो । सो योजना अन्तर्गत डेबिट, क्रेडिट कार्ड प्रयोगकर्ताले पोस मेसिन र अनलाइनमार्फत रू. १ हजार वा सोभन्दा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा रू. १७० क्यासब्याक पाउने बताइएको छ ।
यसैगरी सिटिजन्स स्मार्टमार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकका लागि पनि रू. ५०० वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा रू. १७० क्यासब्याक प्रदान गरिने बैंकले जानकारी दिएको छ । बैंकले योजना अवधिभरमा ई–कम कार्ड लिन चाहने ग्राहकलाई नि:शुल्क रूपमा उपलब्ध गराउने बताएको छ । त्यसैगरी नि:शुल्क डिम्याट खाताका साथै निष्क्रिय मोबाइल बैंकिङलाई सक्रिय गर्दा एकमुष्ट रू. १५० छूट प्रदान गरिने बताइएको छ ।