काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ४ करोड ३६ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ६७ करोड ६४ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ९३ दशमलव ५५ प्रतिशत कम खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. ४८ करोड ५५ लाखभन्दा बढी भएकाले सञ्चालन नाफा घट्न गई खुद नाफामा असर परेको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा ९३ दशमलव ५० प्रतिशत कम भएको छ । गत वर्ष रू. ९६ करोड ५२ लाखभन्दा बढी सञ्चालन नाफा भएकोमा यस वर्ष रू. ६ करोड २७ लाखभन्दा बढी यो नाफा भएको हो ।
तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ६७ करोड ८८ लाखभन्दा बढी रहेको छ । २५ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५ करोड ५५ लाख ६३ हजार पुगेको छ । जगेडा कोष रकम रू. ९९ करोड ५१ लाखभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निङ रू. ६७ करोड ८८ लाखभन्दा बढी रहेको छ । प्रतिशेयर आम्दानी रू. ५ दशमलव ५१ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २५८ दशमलव ५८ रहेको छ ।