काठमाडौं । चालू आर्थिक वर्ष (आव)का ६ महीना अर्थात् दोस्रो त्रैमाससम्ममा १४ जीवन बीमा कम्पनीहरूले कुल ३ अर्ब ४८ करोड ८२ लाख नाफा कमाएका छन् ।
यो नाफा गत आवको यसै अवधिको तुलनामा १४ दशलमव ८५ प्रतिशत वृद्धि हो । सो अवधिमा जीवन बीमा कम्पनीहरूले कुल रू. ३ अर्ब ३ करोड नाफा कमाएका थिए ।
जीवन बीमा कम्पनीहरूमध्ये दुई कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा घटेको छ भने बाँकी सबै कम्पनीको नाफा बढेको छ । सन नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा घटेको छ ।
प्रतिशतका आधारमा सबैभन्दा बढी नाफा सिटिजन लाइफ इन्स्योरेन्सले कमाएको छ । कम्पनीले गत आवको यही अवधिको तुलनामा ८६ दशमलव ७८ प्रतिशत वृद्धि गरेको छ । गत आवमा ६ महीनामा कम्पनीले रू. १२ करोड ३६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा उक्त रकम बढेर रू. २३ करोड ९ लाख पुगेको छ ।
यी कम्पनीहरूमध्ये रकमका आधारमा सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । यस कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ४६ करोड ८१ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ९ दशमलव ४५ प्रतिशत बढी हो । गत आवमा कम्पनीले रू. ४२ करोड ७७ लाख नाफा कमाएको थियो ।
रकमका आधारमा सर्वाधिक नाफा कमाउनेको सूचीमा दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स छ । कम्पनीले ६ महीनामा रू. ३७ करोड ६२ लाख नाफा कमाएको छ ।
कम्पनीको नाम | खुद नाफा रू. हजारमा | घटबढ प्रतिशत | |
चालू आवको दोस्रो त्रैमास | गत आवको दोस्रो त्रैमास | ||
नेपाल लाइफ | 468,150 | 427,737 | 9.45 |
हिमालयन लाइफ | 376,282 | 346,062 | 8.73 |
रिलायबल नेपाल लाइफ | 350,390 | 230,979 | 51.7 |
सन नेपाल लाइफ | 282,279 | 328,405 | -14.05 |
नेशनल लाइफ इन्स्योरेन्स | 279,140 | 255,154 | 9.4 |
आइएमई लाइफ | 267,862 | 234,725 | 14.12 |
एशियन लाइफ | 250,307 | 159,892 | 56.55 |
सानिमा रिलायन्स लाइफ | 231,689 | 219,730 | 5.44 |
सिटिजन लाइफ | 230,971 | 123,657 | 86.78 |
मेट लाइफ | 222,559 | 193,850 | 14.81 |
सूर्यज्योति लाइफ | 196,139 | 189,748 | 3.37 |
प्रभु महालक्ष्मी लाइफ | 182,586 | 176,423 | 3.49 |
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल | 141,832 | 136,625 | 3.81 |
राष्ट्रिय जीबन बीमा कम्पनी | 8,065 | 14,288 | -43.55 |
कुल | 3,488,251 | 3,037,275 | 14.85 |
स्रोत : सम्बन्धित कम्पनीले प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण