काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्ममा रू. २५ करोड ५१ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १६ दशमलव ९१ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. २१ करोड ८२ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल आम्दानी १२ दशलमव २२ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको कुल आम्दानी रू.१० अर्ब ३२ करोड रहेकोमा चालू आवमा बढेर रू. ११ अर्ब ५८ करोड पुगेको हो ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ८ अर्ब ५६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले रू.७ अर्ब ६८ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवको तुलनामा चालू आवमा कुल बीमा शुल्क आर्जन ११.४६ प्रतिशतले वृद्धि भएको हो ।
चुक्ता पूँजी रू. ५ अर्ब १ करोड भन्दा बढी रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा शेयर प्रिमियममा रू. २ करोड ७८ लाख, महाविपत्ती कोषमा रू.४९ करोड ६३ लाख र रिटेन्ड अर्निङमा रू. ६० करोड १८ लाख सञ्चिती गरेको छ । रिटेन्ड अर्निङ गत आवको तुलनामा चालू आवमा ६० दशमलव २८ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रिटेन्ड अर्निङमा रू. ३७ करोड ५५ लाख थियो ।
दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १८ पैसा, मूल्य आम्दानी अनुपात ५९ दशमलव २२ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ३२ रुपैयाँ २१ पैसा रहेको छ ।