चालू आर्थिक वर्षको ७ महीनामा मात्र १० हजार पोल्ट्री व्यवसायी यस क्षेत्रबाट बाहिरिएका छन् । साउनसम्म पोल्ट्रीमा करीब १ लाख व्यवसायी संलग्न थिए । अहिले त्यो संख्या घटेर ९० हजारमा झरेको राष्ट्रिय कुखुरा व्यवसायी सङ्घका अध्यक्ष जङ्गबहादुर बीसीले अभियानलाई बताए ।
‘साउन महीनासम्म पोल्ट्री व्यवसायमा करीब ६ अर्ब रुपैयाँ लगानी भएको थियो,’ बीसीले भने, ‘अहिले पोल्ट्री व्यवसायमा करीब ६० करोड रुपैयाँ लगानी घटेको छ ।’ लगानीमैत्री वातावरणको अभाव तथा विभिन्न रोगको प्रकोप र कोल्ड स्टोरेजको व्यवस्था नहुँदा यो व्यवसायमा झन्डै १० प्रतिशतले लगानी घटेको छ ।
वर्ष ८, अंक १५३, मङ्गलवार, ८ फागुन, २०६९