चितवन। फेन्सी व्यवसायी संघ चितवनले मिट टाउन होटल र सेन्ट्रल हस्पिटलसँग छूटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतामा सेन्ट्रल हस्पिटलमा संघका सदस्यको उपचारमा ३० प्रतिशत छूट दिनेगरी सम्झौता भएको छ । यस्तै, चितवन मिट टाउन होटल हाकिमचोकले रेस्टुराँका खानासम्बन्धी सेवामा १० प्रतिशत र आवासमा २० प्रतिशत छूट दिनेगरी सम्झौता गरेको संघका प्रवक्ता सन्तोष पोख्रेलले जानकारी दिए ।
संघले नयाँ वर्षको अवसरमा सांगीतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान कार्यक्रमसमेत सम्पन्न गरेको छ । संगीत र कलामार्फत समाजमा सकारात्मक ऊर्जा फैलाउन तथा एकता र मित्रताको सन्देश दिन उक्त कार्यक्रम गरिएको संघका अध्यक्ष रामप्रसाद पौडेलले जानकारी दिए ।