काठमाडौं। विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा ‘आफ्नो यात्राको भाडा आफै तय गर्नुहोस् र मनपर्ने चालक छान्नुहोस्’ मोडेल प्रभावकारी भएको दाबी गरेको छ । यस मोडेलले यात्रुले आफूले चाहेको यात्राको मूल्य प्रस्ताव गर्ने, उपलब्ध चालक मध्येबाट छनोट गर्ने र सवारीसाधनको प्रकार चयन गर्ने स्वतन्त्रता दिने बताइएको छ । यात्रु र चालक दुवैलाई पारदर्शी र निष्पक्ष सहमतिको आधारमा यात्राको भाडा तय गर्ने अवसर प्रदान गरेर नेपाली बजारमा नयाँ मानक स्थापित गरिएको इन्ड्राइभको भनाइ छ ।
कम्पनीको एपीएसीका कम्युनिकेसन लिड पवित्र नन्द आनन्दले यो मोडेलले यात्रुलाई आफैंले आफ्नो यात्राको भाडा प्रस्ताव गर्न र उपलब्ध चालकमध्ये मूल्यांकन, सवारीसाधनको प्रकार, पिकअप समय तथा दूरीजस्ता पक्षहरूको आधारमा उपयुक्त चालक छनोट गर्ने स्वतन्त्रता दिने बताइन् । नेपाली उपभोक्ताहरूले यस सुविधालाई धेरै रुचाएको उनको भनाइ छ । इन्ड्राइभ तीन वर्षदेखि विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड गरिएको राइड हेलिङ एप बन्न सफल भएको उनको भनाइ छ । सेन्सर टावर, अग्रणी मार्केट इन्टेलिजेन्स फर्मका अनुसार इन्ड्राइभले ट्राभल र नेभिगेसन श्रेणीमा नेपालमा १ स्थान हासिल गरेको बताइएको छ ।