काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को अवसरमा महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७ दशमलव ९९ प्रतिशतमा प्रदान गर्ने भएको छ ।
बैंकिङ क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर कायम रहने गरी ग्राहकलाई घर खरीद गर्न/निर्माण गर्न/पुनर्निर्माण गर्न तथा अपार्टमेन्ट खरीद गर्न बैंकले यस्तो कर्जा प्रदान गर्ने बताइएको छ । यस्तो कर्जा वातावरणीय विशेषता पुष्टि गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतको प्रयोग गरिएको हुनुपर्ने बैंकको भनाइ छ ।
यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रवर्द्धन गर्न तथा नेपाल राष्ट्र बैंकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकको छ ।
ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराइरहेको बैंकले हालै मात्र भारतको प्रतिष्ठित म्यागजिन ‘बिजनेश कनेक्ट’बाट ग्राहक केन्द्रित बैंकको अन्तरराष्ट्रिय अवार्ड प्राप्त गरेको छ भने मोबाइल एप्लिकेसनलाई समेत परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।