काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल ३४ दशमलव ५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । कुल लाभांशमध्ये २५ प्रतिशत बोनस शेयर रहेको छ भने ९ दशमलव ५० प्रतिशत (कर प्रयोजनार्थ सहित) नगद लाभांश रहेको छ । बैशाख १९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब रहेको छ । बोनस शेयर वितरण पश्चात पूँजी रू.५ अर्ब पुग्नेछ ।