काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ नामक नयाँ म्यादी जीवन बीमा योजना ल्याएको छ । विभिन्न पेशामा आबद्ध व्यक्तिलाई लक्षित गरी अत्यन्त सरल, किफायती र उपयोगी विशेषतासहितको यो बीमा योजना ल्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
१८ वर्षभन्दा माथिका व्यक्तिले न्यूनतम बीमांक रू. ५० हजार राखी लिन सकिने यो विशेष म्यादी बीमा विशेषगरी पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगार, विभिन्न पेशागत व्यक्ति, खेलाडी आदिको रोजाइमा पर्ने विश्वास कम्पनीको छ ।
विभिन्न पूरक ऐच्छिक सुविधा, दुर्घटना बीमा लाभ, विभिन्न २१ घातक रोगविरुद्धको रक्षावरणसहित किन्न सकिने यो बीमा योजनामा घरबाट अनलाइनमार्फत सरल प्रक्रियाबाट जोडिन सकिने कम्पनीले जानकारी दिएको छ । बीमाशुल्कको भुक्तानी बीमितको इच्छाअनुसार एकैपटक वा नियमित रूपमा तिर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीबाट प्रदान गरिने अन्य बीमाजस्तै यो बीमा पनि अनलाइन बाहेक कम्पनीको कुनै पनि शाखा वा बीमा अभिकर्तामार्फत सहज तरीकाले लिन सकिने बताइएको छ ।