काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ९ दशमलव ७४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । माघ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ९ दशमलव ७४ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा २९ करोड ४९ लाख ६१ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।