काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) मा आईपीओ निष्कासनका लागि निवेदन दिइसकेको बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौंमा दिउँसो ४ बजे सभा गर्ने निर्णय गरेको हो । कम्पनीले ३० करोड ६० लाख रुपैयाँ बराबरको ३० लाख ६० हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति माग्दै बोर्डमा २०८१ साल जेठ २२ गते निवेदन दर्ता गरेको थियो ।
स्वीकृति प्रक्रियामा रहेकै अवस्थामा कम्पनीले विशेष साधारण सभामार्फत जारी पूँजीको २० दशमलव ७१ प्रतिशत आईपीओ सर्वसाधारणमा जारी गर्ने प्रस्ताव पारित गर्न लागेको छ । कम्पनीको पूँजी संरचना परिवर्तन हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि सभाले गर्नेछ ।