- पर्सनल कम्प्युटरमा प्रयोग भएको आधारमा सर्वाधिक लोकप्रिय ओएस (ओपरेटिङ सिष्टम) कुन हो ?
माइक्रोसफ्ट विण्डोज
- कम्प्युटरको प्रमुख सर्किट बोर्टलाई के भनिन्छ ?
मदर बोर्ड
- पीसीमा सेलेक्शन (छनोट) कार्यमा सहजताका लागि माउसको प्रयोग गरिन्छ । माउसका स्थानमा ल्यापटपमा प्रयोग हुने साधारण उपकरणलाई के भनिन्छ ?
ट्र्याक प्याड
- कम्प्युटरको प्रमुख पार्टपुर्जाबाहेक यसमा सजिलै जडान गर्न सकिने अन्य उपकरण जस्तैः जोइष्टिक, पेनड्राइवलगायतलाई अर्को के नामले पनि पुकारिन्छ ?
प्लग एण्ड प्ले
- कम्प्युटरको भाषामा ‘पीडीए’को पूर्णरूप के हुन्छ ?
पर्सनल डिजिटल एसिष्टेन्स
- विण्डोज एक्सप्लोररको प्रयोग कुन कार्यमा गरिन्छ ?
विण्डोजभित्रै रहेका फरक–फरक फोल्डरमा प्रवेश गर्न सहजताका लागि यसको प्रयोग गरिन्छ ।
- कम्प्युटरलगायत उपकरणलाई मालवेयरलगायतबाट सुरक्षा प्रदान गर्न प्रयोग गरिने सफ्टवेयरलाई साधारण शब्दमा के भनिन्छ ?
एण्टिभाइरस
- विण्डोज प्रणालीको प्रयोग गर्ने क्रममा कुनै प्रोग्रामले प्रतिक्रिया दिन वा कार्य गर्न छोडेमा टास्क म्यानेजरको प्रयोग गर्न थिचिने ‘की’ कुन–कुन हुन् ?
कण्ट्रोल, अल्ट र डिलिट
- आईफोनका मोडललाई फोर ‘एस’, फाइभ ‘एस’लगायत नामले सम्बोधन गरिन्छ । यसमा प्रयोग गरिने ‘एस’ले के जनाउँछ ?
स्ट्रोङ अर्थात बलियो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.