काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर आजबाट विक्रीमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । प्रतिकित्ता २०५ रुपैयाँ मूल्य तोकिएको यी शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन काठमाडौं नारायणचौरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको हो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीमा यी शेयर विक्री नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिनेछ ।