काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड २ ले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार फण्डले सूचीकृत शेयरमा लगानी भदौ महीनाको तुलनामा असोज महीनामा बढाएको छ । भदौ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ७३ करोड ५८ लाख रहेकोमा असोज मसान्तमा बढाएर रू. ७८ करोड ७३ लाख पुर्याएको हो ।
त्यस्तै, फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) भदौ महीनाको तुलनामा असोज महीनामा वृद्धि भएको छ । भदौ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ३७ पैसा रहेकोमा असोज मसान्तमा बढेर १२ रुपैयाँ १ पैसा पुगेको हो ।
न्याभसँगै फण्डको नाफा पनि भदौ मसान्तको तुलनामा असोज मसान्तमा ५५ प्रतिशत वृद्धि भएको छ । भदौ मसान्तमा फण्डले रू. ९ करोड ७६ लाख नाफा कमाएकोमा असोज मसान्त्मा बढेर रू. १५ करोड १३ लाख पुगेको हो ।
असोज मसान्तमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । भदौ मसान्तमा फण्डको जम्मा आम्दानी रू. १० करोड १० लाख रहेकोमा असोज मसान्तमा बढेर रू. १५ करोड ६२ लाख पुगेको छ ।