काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले संस्थापक तर्फको ९४ हजार ७९७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका लागि प्राथमिकतामा राखेर यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र यी कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
आफूले खरीद गर्न चाहेको शेयरको कित्ता समेत खुलाई आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले बोध प्रसाद त्रिपाठीको नाममा रहेको ३२ हजार २९२ कित्ता र स्वदेश सक्युरिटिजको नाममा रहेको ६२ हजार ५०५ कित्ता संस्थापक शेयर विक्री गर्न लागको हो ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नदिएमा यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।