काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ ।
पुस २९ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै बैठकले आगामी साधारण सभामा पेस गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणमा गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पेस गर्ने निर्णयसमेत गरेको छ ।