काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्यूरेन्स लिमिटेडको ८० हजार कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा आएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री नभएपछि यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री खुला गरेको हो ।
प्रतिकित्ता १८५ रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि चैत १८ गतेसम्म आवेदन पेश गर्नुपर्नेछ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम सम्पूर्ण कित्ता माग गर्दै आवेदन पेश गर्नुपर्नेछ ।
अधिकतम मूल्य कबोल गर्ने आवेदकमा यी शेयर बाँडफाँट गरिने जानकारी कम्पनीले दिएको छ । रितपूर्वक प्राप्त आवेदन चैत १९ गते विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा खोलिने कार्यक्रम तय भएको छ ।