काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्यूरेन्स लिमिटेडले ८० हजार कित्ता संस्थापक शेयर फागुन २० गतेदेखि विक्रीमा ल्याएको छ ।
फागुन २७ गतेसम्म आवेदन दिन सकिने गरी कम्पनीले यी शेयर विक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता २११ रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी यी शेयर खरीदका लागि आवेदन पेश गर्नुपर्नेछ ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि यी शेयर विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गर्न लागिएको हो ।
न्यूनतम ८० हजार कित्तासम्म माग गर्दै यी शेयर खरीदका लागि आवेदन पेश गर्नुपर्नेछ । यो शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।