काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको ८० हजार कित्ता संस्थापक शेयर आजबाट विक्रीमा आएको छ । यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण नभएको यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागिएको हो ।
इच्छुक योग्य खरीदकर्ताहरूले चैत १२ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । प्रतिकित्ता २०५ रुपैयाँ अंकित मूल्यमा विक्रीमा आएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत १३ गते बिहान विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने कार्यक्रमसमेत तय भइसकेको छ ।