काठमाडौं। आइसिएफसि फाइनान्स लिमिटेडका ग्राहकलाई वन्डरल्याण्ड नेपाल बुङ्मतीले उपलब्ध गराउने सेवा मूल्यमा १० प्रतिशत बोनस दिने भएको छ । फाइनान्सको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई किक फन वल्र्ड प्रालिबाट सञ्चालित उक्त वन्डरल्याण्डका सेवा मूल्यमा १० प्रतिशत रकम बोनस स्वरूप प्रदान गर्ने गरी दुवै पक्षबीच समझदारी भएको हो ।
समझदारीअनुसार बैंकका ग्राहकले वन्डरल्याण्डमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाका लागि बैंकका ग्राहकलाई १० प्रतिशत बोनस थप गरी वन्डरल्याण्डले कार्ड उपलब्ध गराउने बताइएको छ ।