काठमाडौं। आइसिएफसि फाइनान्स लिमिटेडको २१औंं वार्षिक साधारणसभा सोमवार काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारणसभाबाट आर्थिक वर्ष (आव) २०८०/८१ को मुनाफाबाट चुक्तापूँजीको ५ दशमलव २६३२५ नगद लाभांश वितरणको प्रस्ताव सर्वसम्मत पारित भएको छ । सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा सुशीलकुमार अर्याल, रचना अधिकारी र अच्युतराज आचार्यलाई आगामी चार वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ ।
चुक्तापूँजी रू. १ अर्ब १८ करोड ३४ लाख रहेको संस्थाले हालसम्म आफ्नो २१ ओटा शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिमार्फत बंैकिङ सेवा दिँदै आएको बताइएको छ । साथै, संस्थाले चालू आवको असोज मसान्तसम्ममा रू. १८ अर्ब ६३ करोड निक्षेप संकलन र रू. १५ अर्ब ४३ करोड कर्जा प्रवाह गरिसकेको छ ।