काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि १३ गतेसम्म निष्कासन गरेको ९ प्रतिशत ब्याजदर रहेको ऋणपत्र बाँडफाँट गरेको छ ।
कम्पनीले प्रतिऋणपत्र १००० रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कुल कित्ता ऋणपत्रमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न संघसस्थाहरूमा विक्री गरिएको छ भने १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता ऋणपत्र भने सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको छ ।
सार्वजनिक निष्कासनमार्फत विक्री गरेको ऋणपत्र रितपूर्वक आवेदन दिएका ४ हजार ५६० जनामा १ लाख १४ हजार कित्ता ऋणपत्र माघ २० गते बाँडफाँट गरेको हो । सर्वसाधारणमा छुट्याएको ऋणपत्रमध्ये ६ हजार कित्ता भने सामूहिक लगानीकोषको लागि बाँडफाँट गरिएको छ ।