काठमाडौं । लगातार सात कारोबार दिनपछि गत बुधवार (पछिल्लो कारोबार दिन) बढेको नेप्से परिसूचक आइतवार (आज) घटेको छ ।
आज नेप्से २१ दशमलव ६३ अंक घटेर २ हजार ७१४ दशमलव ८५ विन्दुमा झरेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन रू. ८ अर्ब २३ करोड बराबरको कारोबार भएकोमा आज रू. ६ अर्ब ८३ करोडमा झरेको हो ।
आज 'इन्ट्रा-डे'मा बजार २६ सयको लाइनमा झरेर अन्त्यमा भने २७ सय विन्दुमाथि नै बन्द भएको छ ।
२९ सय विन्दुसम्म पुगेको बजार पछिल्ला आठ दिनमा १९२ अंक घटिसकेको छ ।
यस आधारमा बजार छोटो समयमै पर्याप्त करेक्सन भइसकेको देखिन्छ । यतिबेला बजार किन घट्यो भन्ने आम लगानीकर्ताको जिज्ञासा छ । यद्यपि बजार घट्दा कारोबार रकम भने न्यून छ । कारोबार रकम कम हुनुले लगानीकर्ता ‘पर्ख र हेर'को अवस्थामा रहेको बुझ्न सकिन्छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८९ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ११ प्रतिशत, सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ९४ प्रतिशत घटेको छ ।
आज ३१६ धितोपत्रको १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयर ७९ हजार ३१ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८ दशमलव १९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ३९० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने (प्रतिशतका आधारमा) सूचीमा दोस्रोमा विशाल बजार कम्पनी छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ३४ प्रतिशत बढेर रू. ५ हजार ६ सय कायम भएको छ ।
आइतवार सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ७ दशमलव ९१ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २५८ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने (प्रतिशतका आधारमा) सूचीमा दोस्रोमा पिपुल्स हाइड्रोपावर कम्पनी छ । कम्पनीको शेयर मूल्य ७ दशमलव ३३ प्रतिशत घटेर रू. ६३८ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले आगटेको छ । यस कम्पनीको रू. ५८ करोड ६६ लाख बराबरको कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा महालक्ष्मी विकास बैंक छ । कम्पनीको रू. ३७ करोड ३० लाख बराबरको कारोबार भएको हो । यस कम्पनीको शेयर मूल्य रू. ४४४ कायम भएको छ ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये व्यापार समूहको सूचक ४ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये विकास बैंक समूहको सूचक सबैभन्दा बढी २ दशलमव २५ प्रतिशत घटेको छ ।