काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधवार (आज) प्रतितोला ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोवार भइरहेको छ । गत मंगलवार भने सुन तोलाको १ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य अहिलेसम्मकै उच्च कायम हुँदा तोलाको १ लाख ७१ हजार पुगेको छ । गत असोज २९ गते सुनको मूल्यमा उक्त कीर्तिमान कायम भएको थियो ।
यो साताको शुरूको दिन आइतवारयता सुनको मूल्य प्रतितोला ३ हजारले वृद्धि भएको छ । आइतवार प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ६० हजारमा कारोवार भएको छापावाला सुनको मूल्य सोमवार १ हजार र मंगलवार १ हजार १०० रुपैयाँले बढेको हो ।
यस्तै, बुधवार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।